विश्वब्यापी अनलाईन नेपाली रेडियो गजल प्रतियोगिताका २०६६ को परिणाम, प्राप्त १७७ वटा गजलहरु मध्ये छनौटमा भएका उत्कृष्ट २० गजल तथा गजलकारहरु
प्राप्त स्थान
नाम
ठेगाना
प्राप्त
१. प्रथम
उमा सुवेदी
इजरायल
नगद रु २० हजार र प्रमाण-पत्र
२. दोस्रो
निराजन वतास
भोजपुर
नगद रु १० हजार र प्रमाण-पत्र
३. तेस्रो
सूर्य चापागाई
काठमाण्डौ
नगद रु ५ हजार र प्रमाण-पत्र
४. चौथो
रिता खत्री
बिराटनगर
प्रमाण-पत्र
५. पाचौ
डा. सुधा शाही
काठमाण्डौ
प्रमाण-पत्र
६. छैठौ
नबराज नबोदित
कतार
प्रमाण-पत्र
७. सातौ
गनिन्द्र लिम्बु
मलेशिया
प्रमाण-पत्र
८. आठौ
निराज भट्टराई
तनहुँ
प्रमाण-पत्र
९. नवौ
निर्मल कुमार पौडेल
रौतहट
प्रमाण-पत्र
१०. दशौ
गोपालचन्द्र राई
खोटाङ
प्रमाण-पत्र
११. एघारौ
पि. एस. लिम्बू
दुबर्इ
प्रमाण-पत्र
१२. बाहौं
बिपु वाइवा
वेलायत
प्रमाण-पत्र
१३. तेह्रौ
डा. टिकाराम भण्डारी
रुपन्देही
प्रमाण-पत्र
१४. चौधौं
हस्त गौतम
अमेरिका
प्रमाण-पत्र
१५. पन्ध्रऔं
निरु के.सी. अश्रु
पोखरा
प्रमाण-पत्र
१६. सोह्रौं
बिष्णु नन्द चाम्लिङ्ग
हङ्कङ
प्रमाण-पत्र
१७. शत्रौं
दिलदुखी जन्तरे
मलेशिया
प्रमाण-पत्र
१८. अठारौं
नरेश नाती
ब्रुनाई
प्रमाण-पत्र
१९. उन्नाइसौं
देवकला कार्की
धनकुटा
प्रमाण-पत्र
२०. बिसौं
बर्षाद दर्लामी
मलेशिया
प्रमाण-पत्र
विजयी तथा सहभागि सबैमा बधाई तथा प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्नुहुने सबैमा आभार साथै धन्यवाद । विजयी स्रष्टाहरुले यथासक्दो हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ । - आयोजक Live Radio Broadcast
भाग १ (पहिलो घन्टा )
भाग २ (दोस्रो घन्टा )
Content on this page requires a newer version of Adobe Flash Player.
रेडियो नेपालको तरङ उद्गारमा प्रसारित अडियो
Content on this page requires a newer version of Adobe Flash Player.
हार्दिक निमन्त्रणा
प्रवासी साहित्य समाजको आयोजना र अनलाईन नेपाली साहित्य मञ्चको सह-आयोजनामा सम्पन्न
विश्वव्यापी प्रथम नेपाली रेडियो गजल प्रतियोगितामा पुरस्कृत श्रष्टाहरुलाई पुरस्कार
वितरण समारोहमा यहाँको उपस्थिति प्रार्थनीय छ ।
स्थान: होटल अशोका - बागबजार, काठमाण्डौ
मिति: २०६७ बैशाख ४ गते, शनिबार
समय: दिउसो ठीक ११:३० बजे
निम्न महानुभावहरुबाट मूल्याङ्कन कपी हामीलाई प्राप्त भईसकेको छ बाँकी आउनेक्रममा छ ।
1.
प्राज्ञ ललिजन रावल
.
2.
वरिष्ठ साहित्यकार विजय सुब्बा
3.
डा. कृष्णहरी बराल
4.
शीतल गुरुङ कादम्बिनी
5.
श्रीमति शशि थापा, वेलायत
6.
बिनोद रोका, अमेरिका
7.
ध्रुब गौतम, ब्रुनाई
8.
इन्द नारथुङ्गे, मलेसिया
9.
जाकिर हुसेन, दुवई
10.
असोक राई, हङकङ
मूल्याङ्कनकर्ता तथा पर्यवेक्षक मूल्याङ्कनकर्ताहरुबाट प्राप्त अंकहरु जोड्ने काम धमाधम चलिरहेको छ । अबको केही समय अर्थात जतिसक्दो चाडो विजयीहरुको नाम घोषणा गरिनेछ ।
अप्रिल ५ तारिखको दिन विश्वब्यापी पहिलो अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा प्रकाशन तथा प्रसारण हुने
विश्वब्यापी पहिलो अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा भोलि अप्रिल ५ तारिखको दिन प्रकाशन तथा प्रसारण हुने भएको छ ।
वि एफ वि एस गोर्खा रेडियो ब्रुनाई स्टेशन मार्फत विहानको ११ बजे देखि १२ बजेको समयावधिमा प्रत्येक्ष घोषणाको कार्यक्रम प्रसारण हुने भएको छ ।
सहभागि जम्मा १७७ वटा अडियो गजलहरु मध्ये उत्कृष्ट २० वटा गजलहरु सार्वजजिक गरिने भएको छ । ४ जना समावेसी मूल्याङ्कनकर्ताहरु तथा ६ जनाको पर्यवेक्षक मूल्याङ्कनकर्ताहरुको मेहनतबाट उत्कृष्ट २० जना छनौट गरिन लागेको हो ।
प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सहआयोजनामा संचालित गजल प्रतियोगितामा विश्वका १९ देश र नेपालको ३८ जिल्लाबाट स्रष्टाहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेले क्रमश नगद २० हजार १० हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन भने बाँकीले प्रमाण पत्र प्राप्त गर्ने कुरा प्रनेसास का अध्यक्ष सुरेन्द्र इङनामले बताएका छन् । पुरस्कारको लागि कलासाहित्य डटकम, युन्छोमा प्रा. लि., र चाम्स फिल्म प्रोड्क्सन प्रा. लि. प्रायोजक रहेका छन् ।
नेपाल बाहिर रहेका स्रष्टालाई हूलाक मार्फत चेक र प्रमाणपत्र पठाईने छ भने नेपाल भित्र रहनु भएका स्रष्टाहरुको लागि काठमाडौमा एक पुरस्कार वितरणको कार्यक्रम गरिने भएको छ ।
नेपाली साहित्यको गजल विधामा ब्यापक रुपबाट आयोजना गरिएको यो पहिलो अवसर हो भने यस कार्यक्रमको लागि प्रमुख अतिथि प्राज्ञ कुलपति बैरागी काईला रहनु भएको छ त्यस्तैगरि अतिथिहरुमा प्राज्ञ प्रा.डा. गोविन्दराज भट्टराई र प्राज्ञ अमर तुम्याहाँङ रहनु भएको छ ।
मूल्याङ्कन कर्ताहरुमा प्राज्ञ ललिजन रावल, विजय सुब्बा, डा. कृष्णहरी बराल, शीतल गुरुङ कादम्बिनी रहनु भएको छ भने मूल्याङ्कन पर्यवेक्षकमा दुवईबाट जाकिर हुसेन, मलेशियाबाट इन्द्र नारथुङ्गे, अमेरिकाबाट विनोद रोक्का, ब्रुनाईबाट ध्रुब गौतम, वेलायतबाट शशि सुब्बा थापा र हङकङबाट असोक राई रहनु भएको छ ।
विश्वब्यापी गजल प्रतियोगिताको अन्तिम नतिजाको तयारी हुदै
सेरिया ब्रुनाई,
गत २० फेब्रुवरी १० का दिन विश्वब्यापी रेडियो गजल प्रतियोगिताको अन्तिम चरणमा आयोजकहरुको पुन कोअर्डिनेटिङ मिटिङ सम्पन्न भएको छ ।
मूल्याङ्कनकर्ता तथा पर्यवेक्षक मूल्याङ्कनकर्ताहरुको नामावली गोप्य राख्ने अघिल्लो निर्यणलाई बदर गर्दै नतिजा अगावै निर्यणकर्ताहरुको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
वरिष्ठ गजलकार प्राज्ञ ललिजन रावल, बरिष्ठ साहित्यकार विजय सुब्बा, डा. कृष्णहरी बराल र शीतल गुरुङ कादम्बिनी मूल्याङ्कनकर्ता रहनु भएको छ भने विभिन्न देशहरु अन्तर्गत वेलायतबाट श्रीमति शशि थापा अमेरिकाबाट विनोद रोक्का ब्रुनाईबाट ध्रुब गौतम मलेशियाबाट इन्द्र नारथुङ्गे, दुवईबाट जाकिर हुसेन र हङकङबाट असोक राई पर्यवेक्षक मूल्याङ्कनकर्ता रहनु भएको छ ।
उत्कृष्ट गजलहरुलाई रेडियो नेपाल गोर्खा एफ. एम. काठमाण्डो, वि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाई, रेडियो चितवन चितवन, अनलाइन रेडियो हिमाली स्वरहरु न्यूयोर्क अमेरिका र रेडियो मकालु धनकुटाबाट प्रसारण हुने कुरा जनाइएको छ ।
कार्यक्रमको लागि प्रमुख अतिथि प्रज्ञा कुलपति बैरागी काँइला र अतिथि प्रा.डा. गोविन्दराज भट्टराई र प्राज्ञ अमर तुम्याहाँङलाई आमन्त्रणा गरिएको छ ।
नेपाली साहित्यको इतिहासमा पहिलो पटक ब्यापक रुपबाट आयोजना भएको यस विश्वब्यापी रेडियो गजल प्रतियोगितामा विश्वका १९ मुलुकबाट र नेपालको ३८ जिल्लाबाट गरि जम्मा १७७ जनाले गजल आवाज सहित सहभागिता जनाएका छन् ।
यस प्रतियोगितामा सोचे भन्दा बढि गजलकारहरुको सहभागिता रहेकोले उत्कृष्ट २० जनाको नाम सार्वजनिक गरिने भएको छ । प्रथम, दोस्रो र तेस्रो हुनेले नगद रुपैया २० हजार १० हजार र ५ हजार प्राप्त गर्नेछन् साथै मूल्याङ्कनकर्ताको समय र परिश्रमको सम्मान स्वरुप पनि प्रतिब्यक्ति ५ हजार नगद प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको प्रायोजक कलासाहित्यडटकम (www.kalasahitya.com), योन्छुमा ट्राभल्स एण्ड टुर्स र चाम्स फिल्म प्रोड्क्शन रहेका छन् । यस कार्यक्रमको अफिसियल मिडिया नयाँ सन्देश साप्ताहिक वेलायत बि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाई, www.nepaliSamachar.com र www.sahityaghar.com रहेका छन् । सम्पूर्ण गजलहरु www.pravasi.com.np मा सुन्न सकिन्छ ।
स्मरण रहोस, प्रवासी नेपाली साहित्य समाज ब्रुनाई/वेलायतको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न हुन गइरहेको कार्यक्रममा बृटिस गोर्खा सेनामा संलग्न लाहुरे स्रष्टाहरुको मुख्य सक्रियता रहेको छ । वैठकले भर्खरै निर्माण भएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई बधाईको प्रस्ताव पारित गर्दै विभिन्न माध्यममा शुभकामना दिने पनि निर्यण गरयो । गजल प्रतियोगिताको अन्तिम नतिजा आगामी केहीदिन भित्रै प्रकाशन तथा प्रसारण हुने बताइएको छ ।
हाल सम्मको कार्यक्रम अत्यन्तै सफल रहेको निष्कर्ष
प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सहआयोजनामा संचालन भईरहेको विश्वब्यापी रेडियो गजल प्रतियोगिताको आयोजकहरुको रि कोअर्डिनेटङ मिटिङ गत ६ प्रुेबुवरीको दिन ब्रुनाईको सेरियामा सम्पन्न भयो ।
पारीवारिक समस्याको कारण आयोजनाको पूर्व सन्ध्यामा अकस्मात नेपाल जानुपरेका समाजका अध्यक्ष सुरेन्द्र इङनाम ब्रुनाई फर्के लगतै सो बैठक बसेको थियो । प्रतियोगिताको लागि विश्वका १९ बटा देशबाट र नेपालको ३८ बटा जिल्लाबाट जम्मा १७७ बटा गजल स्वरहरु सहभागि रहेको कुरा जानकारी गराइको थियो । हाल सम्मको कार्यक्रम अत्यन्तै सफल रहेको निष्कर्ष निकाल्दै यस आयोजनालाई नेरु २ लाखको खर्चले सम्पन्न गर्ने निर्णय भएको कुरा कोषाध्यक्ष जितेन्द्र चेम्जोङले बताउनु भयो ।